लेटाङ, श्रावण ७ गते- लेटाङ नगरपालिका वडा नम्बर -३ कमलपुर स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका वडा नम्बर-३ का वडाअध्यक्ष डम्बर बहादुर राई रहनुभएको कार्यक्रमका विशेष अतिथिका रूपमा सब-डिभिजन वन कार्यालयका प्रमुख श्री सत्यनारायण झा र साहयक कार्यालय प्रमुख स्वस्ती नन्द सुबेदीको सहभागीता रहेको थियो। कार्यक्रममा जिल्ला वन महासंघकी कोषाध्यक्ष श्रीमती इन्दु चौधरी र सामुदायिक वन लेटाङ नगर महासंघका अध्यक्ष आनन्द सागर तिमिल्सिना लगायत अन्य संघ सस्थाका प्रतिनिधिहरु अतिथि रहनुहएको थियो।

कार्यक्रम अन्तर्गत कमलपुर सामुदायिक वन क्षेत्रमा जामुन,शिरीष, अमला, लगायत बहुउपयोगी करिब १० प्रजातिका ५५० वटा बिरुवा रोपिएको थियो। कार्यक्रममा स्थानीय समुदायका उपभोक्ता, महिला समूह, वन अभियानता, र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष राईले कमलपुर समदायिक बनले गरेका कार्यले भूक्षयको रोकथाम, जैविक विविधताको संरक्षण साथसाथै सामाजिक कार्यमा समेत पुर्‍याएको योगदानको खुलेर प्रसंशा गर्नुभएको थियो। यस्तै सामुदायिक वनले आफ्नो आम्दानीबाट गरेको योगदानले वडा कार्यालयलाई समेत सघाउ पुगेको बताए।

कार्यक्रमका क्रममा अतिथिहरूले वृक्षारोपणको महत्व, वातावरणीय सन्तुलन, जैविक विविधता र सामुदायिक सहभागिताको भूमिकाबारे प्रकाश पार्नुका साथै यस्ता क्रियाकलापले दीर्घकालीन रूपमा वातावरणीय सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

समूहका अध्यक्ष गोपाल श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो। जामुन, अमला जस्ता फल फल्ने प्रजातिका बृक्षारोपणले बादर नियन्त्रणमा समेत विशेष भुमिका खेल्ने बताए। भने बादरले हैरान गराएका किसानलाई राहत मिल्ने बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय