झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा-४ भाङवारी घर भई हाल वडा नं.८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११:३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं.६ वैकुण्ठे घर भई अर्जुनधारा वडा नं.८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् । उनको साथमा सोही ठाउँ बस्ने बर्ष ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदास गएको बताइएको छ ।
घाइतेलाई शंकर अस्पताल शनिश्चरे लगि सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति १:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिटमा संलग्न पाँच जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ । आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय