मलेसिया । नेपाल मगर संघ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । नेपाल मगर संघ मलेसियाको जोहोर क्षेत्रीय समिति र पेनाङ क्षेत्रीय समितिको संयुक्त आयोजनामा मगरहरुको मुख्य चाड मकर सकराटी तथा ४२औ मगर दिबसको शुभकामना आदानप्रदान, भेटघाट साथै जोहोर क्षेत्रीय समितिको अधिवेशन कार्यक्रम २०८० मलेसियाको जोहोरबारुमा एकसाथ सम्पन्न गरेको हो।
नेपाल मगर संघ मलेसियाकी अध्यक्ष पुश्मिता ठाडामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष रविन राई प्रमुख अतिथि र गैरआवासीय नेपाली संघ, जोहोर क्षेत्रीय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनसिंह अनुरागी विशिष्ट अतिथि हुनुहुन्थ्यो । तिपेन्द्र बुढा मगर ‘माननीय’ले सहजीकरण गर्नुभएको कार्यक्रममा जोहोर क्षेत्रीय समितिका पूर्वअध्यक्ष सुरेश बुढामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंगठनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई थप आकर्षक र रोमाञ्चक बनाउन राष्ट्रिय कलाकार चर्चित गायिका रेश्मा पुनमगरलाई निमन्त्रणा गरिएको थियो ।कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुतिहरु रहेका थियो ।
भव्य माहोलमा सप्पन्न भएको नेपाल मगर संघ मलेसियाको जोहोर क्षेत्रीय समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कृष्ण श्रीस मगरको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष भीम विरकट्टा मगर, महिला उपाध्यक्ष आशा गरम्जामगर, सचिव तिपेन्द्र बुढामगर ‘माननीय’, सहसचिव बसन्तकुमारी बराल मगर, कोषाध्यक्ष लोकबहादुर आलेमगर र सहकोषाध्यक्ष हमानसिंह रानामगर रहनुभएको छ । समितिका सदस्यहरुमा होमराज बाँठा मगर, नारायण दर्लामी मगर, अनिशा पुनमगर, मेनुका मगर, कृतिमान बुढा मगर, सुशील गरम्जा मगर, कुमारी मगर, सुवास लुङ्गेली मगर, नरबहादुर बराईमगर, सिर्जना बुढामगर, सूर्यबहादुर आलेमगर, नरबहादुर सारु मगर, भीम श्रीसमगर र पुष्पबहादुर मगर रहनुभएको छ । त्यसैगरी प्रमुख सल्लाहकारमा तेजकुमार बुढामगर, सल्लाहकारहरुमा दानबहादुर केप्छाकी मगर, सुरेश बुढामगर, सुनिल थापामगर र क्षेत्रलाल बुढामगर रहनुभएको छ । संरक्षकमा पुश्मिता ठाडा मगर रहनुभएको छ । उपस्थित अतिथि तथा वक्ताहरुले सबै नवनिर्वाचित पदाधिकारी, सदस्य, सल्लाहकार एवं संरक्षकहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।








