पुर्व राजा ज्ञानेन्द्र शाहले दलहरुले दरबार हत्या काण्डबारे दलहरुले भ्रम छरेकाे आराेपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काउन्टर जवाफ दिएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहास्थित विशेष आर्थिक क्षेत्र (सेज) को निरीक्षणपछि फरक नेपालकाे प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आरोपलाई गम्भिर रुपमा लिएको भन्दै हत्या काण्ड बारेमा सरकारले छानविन गर्ने प्रतिकृया दिएका छन् ।
`पूर्व राजा शाहले जे कुरा बाेलेका छन्, बाेल्नै नहुने कुरा बाेलेका छन्,´ प्रधानमन्त्री प्रचण्डले भने- दरबार हत्याकाण्डकाे पुन: एकपटक छानविनतर्फ सरकार अगाडि बढ्छ ।´
वीरगन्जमा आयाेजित नागरिक अभिनन्दन समारोहमा पुर्व राजा शाहले हत्या काण्डबारे जनतामा दलहरुले भ्रम फैलाएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सेजमा निर्माण भई सञ्चालनमा आएको पहिलो ग्रेनाइड उद्योगको निरीक्षण गरेका थिए । निरीक्षणपछि आयोजित कार्यक्रममा आयोजना प्रमुख चण्डिका ढकालले आयोजनाको प्रगति र समस्याबारेमा ब्रिफिङ्ग गरेका थिए ।
निरीक्षणमा संघीय सांसद कृष्णकुमार श्रेष्ठ, प्रदेश मन्त्री सुनिता यादव, राज्य मन्त्री रहबर अन्सारी, जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पाैडेल लगायत सहभागी थिए ।










