माघ-१४,लेटाङ्ग- सहिद स्मृति प्रतिष्ठानले लेटाङ्ग नगरपालिकालाई दिएको ७ दिने अल्टिमेटम सकिए संगै अर्को बिज्ञप्ती जारी गरेर नगर प्रमुखको ध्यानाकर्षण गराएको छ। सहिद स्मृति पार्क निर्माण बारे नगरपालिका र प्रतिष्ठान बिच बिबाद उत्पन्न भएपछि समाधानका लागि जग्गा छनौट तथा ब्यावस्थापन समिति गठन गरेको थियो।

बिबाद समाधान र निकासका लागि  नगरकै पहलमा सर्बदलिय बैठकले  समिती गठन गरेता पनी समितीको कार्यदलले  आफुहरुलाई निकास नदिएको प्रेस बिज्ञप्तीमा उल्लेख  छ। यससङै प्रतिष्ठानले आफ्नो गतिविधि अगाडि बढाउने बताएको हो।

नगरकै सम्यन्त्रले बनाएको समितिले अल्मल्याउने र पन्छाउने तिकडम मात्र नगर प्रमुखले गरेको आरोप लगाएको छ। आफुहरुले राखेको माग प्रती नगर प्रमुख गम्भीर र जिम्मेवार नभए सङै प्रतिष्ठानले माघ १६ गते सहिद दिवसको दिन दिप प्रज्वलन गर्ने र  माघ १९ गते देखि आफुहरुले रोजेको यथास्थानमै सहिद स्मृति पार्क निमार्णको काम अगाडि बढाईने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय