गैर आवासिय नेपाली संघ मलेसिया यतिबेला २०२३-२५ को कार्यसमितिका लागि निर्वाचनमा होमिएको छ।आगामी कार्यकालका लागि नेतृत्व कस्ले हत्याउने भन्ने होडबाजीनै चलेको देखिन्छ। जब जब गैर आवासीय नेपाली संघ मलेसियाको चुनाब नजिकिदै जान्छ, तब नेपाली श्रमिकका पक्ष र मुद्दा  बारे बोल्न न्वारान देखिकै बल लगाउने चलन पुरानै रोग हो।

सस्तो लोकप्रीयता र प्रचारबाजीमा बिश्वास गर्नेहरुले नेतृत्व हत्याए भने चुनाबी दौरान बाहेक अरुबेला श्रमिकका पक्षमा र मुद्दामा बोलेको देखिदैन। बरु आफ्नो एजेन्सि मार्फत नेपाली कामदार मलेसिया कसरी ल्याउने र तिनको मोलमोलाइमा फाइदा र घाटाको हिसाब गर्न ब्यस्त देखिन्छन।

त्यसो त स्थापनाकाल देखिनै संघ विभिन्नकाल खण्डमा बिबादास्पद बन्दै आएको छ । विशेष त श्रमिकमैत्री नेतृत्वको भासण दिएर उल्टै श्रमिक प्रताडित गर्ने म्यानपावर एजेन्सीका संचालक जो आफ्नै कम्पनिमा हजारौं नेपाली कामदार अलपत्र पारेको आरोप लाग्दै आएका ब्यक्तिकै नेतृत्वका कारण पटकपटक बिबादमा तानिएको जगजाहेर छ।

गत कार्यकालमा जापानको आइ.सि.सि बाट प्राप्त रकम पारदर्शी नभएको मिटरब्याजमा लगाएको आरोप समेत खेप्दै आइरहेको एनसीसी मलेसियामा चुनावी सरगर्मी बड्ना साथ ठुलो लेनदेन मुद्दा मामिला हुने र विपक्षप्रती लक्षित सम्बन्धित देशको प्रसाशनिक हुर्मत देखाउदै विपक्षपलाइ थुनामा पारिएका घटनाहरुले समेत एनसीसी मलेसियालाई प्रतिबिम्बित गरिरहेको छ ।

पछिल्लोपटक एनसीसी मलेसियाको नेतृत्वमा बिनोद थापा आए सङै निक्कै परिवर्तन देखिएको छ। उनका टिमले उल्लेखनीय श्रमिकका मुद्दा उठान गर्दै कुटनैतिक नियोग संग समन्वय गर्दै बिबादास्पद संघलाइ लिगमा ल्याएका छ्न। कोभिडले बिक्षिप्त बनेको मलेसियामा आफू असुरक्षित हुदाहुदै पनि नेपाली श्रमिकहरु माथी गरेका सहयोग र तत्त्परताले संघ श्रमिकमैत्री रहेको पुष्टि गरेको छ।

गैर आवासीय नेपाली संघ केन्द्र सङको पहलमा मलेसियामा पहिलोपटक श्रमिक सेल्टर स्थापना गरि एनसीसी मलेसियाको लागि छुट्टै पहिचान बनाएका थिए। यश संगै संघलाई अर्को खुड्किला पार गराउने श्रमिक मैत्री सस्थाको महसुस गराउने थापानै हुन भन्न कन्जुस्याइँ गर्न पर्दैन।

पुन:गैर आवासिय नेपाली संघ मलेसियाको  २०२३-२०२५  कार्यकालको चुनाव तयारी गरिरहदा गिजोलिएको प्रष्ट देखिन्छ। एकातिर श्रमजीवीका मुद्दा उठान गर्दै सस्थालाइ लिगमा ल्याएका अध्यक्ष थापा र विपक्षमा स्थानीय बासी सङ बैबाहिक सम्बन्धमा बादिएको हुर्मत देखाउदै अबैधानिक आर्थिक कारोबारमा १०% ब्याजदरमा बैंक कार्ड ( ATM) राखेर ऋण दिदै नेपाली कामदारहरुलाई प्रताडित बनाइरहेका पात्र बिचको प्रतिस्पर्धाले संघलाई अनिर्णयको बन्दिमा पार्ने निश्चित देखिन्छ।

यसर्थ: संघलाई गति दिन सक्ने र श्रमजीवी बर्गको पनि “गैर आवासीय नेपाली संघ” हो। भनेर गर्व गर्न लायकको नेतृत्वलाई चुन्ने बातावरणको निर्माण गर्न आजको नितान्त आवस्यकता छ। पुनः यो पटक पनी नेपाली श्रमिकका पक्षमा काम गर्ने र श्रमिकमैत्री सस्थाका लागि पहल कदमी लिने बिनोद थापालाई नेतृत्वमा देख्न चाहाने जन भावनाको कदर एनसीसी मलेसियाले गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय