जेठ १७, काठमाडौँ । सामाजिक सञ्जाल, फेसबुक, टिकटक, ट्विटर लगायतमा कबड्डी– ४ चलचित्र बहिस्कार भएको छ ।

चलचित्र ‘कबड्डी ४’की नायिकाले सार्वजनिक रुपमै बौद्ध धर्मलम्बी पोषाक लगाएका एक व्यक्तिलाई झापट हानेर अपमान गरेको भन्दै विभिन्न संघसंस्था र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सत्यतथ्य छानविनको माग गर्दै चलचित्रको बहिस्कार गरेका छन् ।

विरोध प्रर्दशनकै क्रममा आज चाबहिल स्थित केएल टावरमा अपमान गर्ने नायिका र चलचित्र कबड्डीको विरोध जनाएका छन् । नायिका मिरुना मगरले एक दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् । तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आरोप छ । चलचित्र प्रर्दशन हुनेबेलामा अहिले सामाजिक सञ्जाल र फिल्म हलहरुमा विरोध प्रर्दशन भईरहेको छ ।

दर्शकलाई फसाउन खोजेको भन्दै आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका छन् ।
उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा भिडभाडबीच मिरुनाले लामा पहिरनमा रहेका एक पुरुषलाई थर्काइरहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय