असोज १६ काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी)को नेतृत्वको बारेमा छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । उनले राष्ट्रिय सम्मेलन चलिरहेकाले नेतृत्वका बिषयमा छलफल भएको भन्दै सबै पात्र समान हैसियत र समान क्षमताको रहेकाले छनौट गर्ने जिम्मा अध्यक्षलाई दिइएको बताए ।

त्यस्तै बैठकमा बिशेष प्रदेश कमिटीका लागि ९१ जनाको नाम प्राप्त भएको र अध्ययनपछि अर्को बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए । उनले मन्त्रिमण्डलका विषयमा भने आइतबार छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय