काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति दर्जनौ आरोप लगाएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनदेखि एमाले विभाजनसम्म प्रचण्डले भूमिका खेलेको ओलीको आरोप छ ।

०७७ कात्तिक २८ मा बसेको तत्कालिन नेकपाको केन्द्रीय सचिवालयको बैठकमा प्रचण्डले अचाकन आफुँविरुद्व गम्भीर आरोपसहितको प्रतिवेदन पेश गरेर पार्टी विभाजनको औपचारिक घोषणा गरेको ओलीको आरोप छ । ओलीले तत्कालिन समय प्रचण्डले आफुँलाई अपमानपूर्वक पदच्यूत गरेर पार्टी र सत्ता कब्जा गर्ने दुस्साहस गरेको बताएका छन् ।

देशी तथा विदेशी प्रतिक्रियावादीहरुसँग मिलेर पार्टी कब्जा गर्ने रणनीति अगाडि सारे पछि बाध्यात्मक रुपमा ०७७ पुस ५ मा संसद विघटन गरेको ओलीको भनाई छ । उनले आफुँलाई सडकबाटै कारबाही गरेर अपमानपूर्णं पदच्यूत गराउने प्रयास प्रचण्डले गरेको बताएका छन् । प्रतिवेदनमा उनले केन्द्रमा भएको विवादका आधारमा प्रदेश तहका सरकारलाई पनि अपदस्त गराउने प्रयास गरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको ०७७ फागुन २३ को फैसलाले तत्कालिन नेकपाको दर्तालाई खारेज गरेको भएपनि एकतालाई खारेज नगरेको ओलीको भनाई छ । प्रचण्डले तत्कालिन समय सर्वोच्चकै फैसलालाई उल्ट्याउने पुनः पार्टी कब्जा गर्न खोजेको ओलीले आरोप लगाएका छन् । सर्वोच्चको फैसलालाई उल्ट्याउने कोसिस गर्ने प्रचण्डले पार्टी एकता गर्न भने रुची नराखेको ओलीले बताएका छन् ।

ओलीले एमाले विभाजनमा पनि प्रचण्डको भूमिका जोडिएको बताएका छन् । माधवकुमार नेपाललाई अगाडि सारेर एमाले विभाजन गर्न प्रचण्डले भूमिका खेलेको ओलीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय