नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।

सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिन लागेको पदकको बिरोध गर्दै पञ्चायती शैलीलाई निरन्तरता दिएको आरोप लगाएका छन्  भनि रातोपाटी मा लेखिएको छ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै सो परियोजना अघि नबढाउन माग गरेका छन् । उनले नेपालमा उत्पादित बिजुली नेपालमै प्रयोग गर्नुपर्ने र खाना पकाउनका लागि सस्तोमा दिन माग गरेका छन् । यस्तै सभामुख सापकोटाले विनियोजन विधेयक २०७८ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय