
सधै बिरोध मात्र गरेर हुदैन , संघियता गणतन्त्र अनि धर्म निरपेक्षता पहिचान समाबेसिता समानुपातिक को वकालत पनि सकिएकै हो त अब भन्ने आम जनसमुदायमा प्रश्न खडा भएको छ। नेपालको राजनीतिक अवस्था सधै अस्थिर र खिचातानी संगै केन्द्रिय सत्तामा भईहेको अवस्था हामी सबै नेपाली नागरिकहरु जानकार छौ।
त्यही परम्परा अहिले हरेक नेपाली हरुको मन मनमा र घर घरमा टोल टोलमा गाउँ गाउँ मा हुदा हुँदै सर्बमान्य तिनै तहका सरकार तथा सबै राजनीतिक दलहरु मा यो अनिर्णयको अस्तब्यस्त राजनीतिक अवस्थाले निम्तिएको छ। १० बर्ष लामो महान जनयुद्ध १९ दिने जनआन्दोलन मधेस आन्दोलन आदिवासी जनजाती आन्दोलन तथा हजारौ नेपालिहरुको बलिदानी र त्याग तपस्या बाट संघीय लोकतान्त्रिक गणतन्त्र ,धर्म निरपेक्षता को स्थापना भएको हो भन्ने सर्बबिभितै छ।
परिवर्तन ल्याउन को निम्ति हजारौं नेपाली हरु घाईतेअपांग र बेपत्ता भएका छन। तर यश परिवर्तन लाई कसैले पटक पटक संबिधान लाई मास्ने काम गरिसके कसैले जोखिम मोलेर भएपनि संबिधान जोगाउन हरेक संघर्ष गरिएको छ ।यो सकारात्मक पक्ष हो। देशले परिवर्तन संगै तिनै तहको सरकार पनि पाएकै हो।तिनै तहको सरकारले अहिले सम्म गर्ने भनेकै अस्थिरता र भेदभावनै छ। कुनै पनि दलहरुले संबिधान ले तोकेबमोजिमको सिट संख्या ल्याउन सकेका छैनन्।
त्यसैले यहि अवस्थामा नेपाली जनताहरुको अवस्था सुधार गर्ने संकल्प र सुखी नेपाली समृद्ध नेपाल बनाउने खोक्रो सपना हामी नेपाली हरुलाई बाढिरहेको छन। खोइ पहिचान खोई समानता खोई ? अधिकारको नाममा गणतन्त्र तर ब्यवहारमा सधै उत्पीडित बर्ग जाती समुदायहरु सधै हिजोकै अवस्था भन्दा पनी तल्लो नजरले हेरिने हाम्रो नेपालमा के यस्तै खाले स्वतन्त्रताको निम्ति हजारौं नेपाली हरुले बलिदान दिएका हुन? नेपाली राजनीतिक दलहरुले पार्टी खोलेर देश र जनताहरुलाइ सधै गुम्राहमा राखिरहने हो? सधै यो प्रश्न आफैले आफैलाई सोध्ने गर्छु र सायद सबै नेपाली हरुले यहि प्रश्न आफैले आफैलाई सोध्छन् , हामी नेपाली हरुले अब पनि कुनै दल कुनै ब्यक्तीको झोला बोक्ने गुणगान गाउने हुजुरी गर्ने हो भने यो भन्दा अझ संकटमा हामी र हाम्रो देश जाने कुरामा दुईमत छैन।
यस्तै राजनीतिक अस्थिरता र राजनीतिले दास बनाएर राख्ने मानसिकता का साथ हाम्रो मोरङ जिल्लामा मात्र हैन अन्य जिल्लामा पनि तत्कालीन राजनीतिक दल लाई छाडेर भएपनी वहाँहरुले बिद्रोहको झण्डा उठाएर आम जनता माझ गएर अन्तत आम जनताहरुले वहाँ लाई जुन स्थान मा पुर्याउन चाहे त्यहा पुर्याएरनै छाडेको जिवित ईतिहास छ। मोरङ क्षेत्र नं ५ बाट स्वतन्त्र उमेदवार भएर निर्वाचन मा होमिनुभएका माननीय सांसद श्री योगेन्द्र प्रसाद मण्डल वहाँ को नाम लिएर वहाँ को झोले र वहाँ लाई देवता भन्न खोजेको पनि हैन। वहाँ एउटा आफैमा संघर्षशिल युवा हो।
वहाले परिकल्पना गरेर जुन समाज मा रहेका सबै प्रकार का गरिबी निरासापन , लाई उज्यालो तर्फ अनि स्वयं मै एउटा आन्तरिक उर्जा ल्याउने योजना को बिकास गरि आफैले जीवन बिकास समाज को स्थापना गरेर संघर्ष को यात्रा लाई अंगाल्नु भएको ब्यक्ती हो। त्यस क्षेत्रमा दुई इमानदार उम्मेदवार थिए एकजना पुर्व मन्त्री जो राजनीतिक आन्दोलन किशान आन्दोलन बाट परिपक्व एकजना कुशल ब्यावसायी ,गरिबी लाई उर्जा के कसरी दिलाउने भनी बुझेका दुबै सामाजिक ब्यक्ती हुन।
संघर्ष बाटै राजनीति मा उदयमान भए तर बिजय भने एकजनाकै हुन्छ,र भयो अब त्यस क्षेत्र को बिकास एकजना सदन मा रहेर एकजना फिल्ड मा रहेर गर्नु को बिकल्प छैन। बिरोध गरेर भन्दा रचनात्मक बिरोध सकारात्मक सुझाव सल्लाह सहयोग गरेर अगाडि बढ्नु एउटा् असल नेपाली नागरिक को कर्तब्य हो भन्ने लाग्छ।
हुनत नेपाली मा उखान छ फलेको बृच्छ मै सबैले ढुङ्गा हान्ने गर्छ त्यसैले बिरोध गरेपनी बिरोध गर्नेहरुको असल आवस्यक कुरा लाई मनन गर्ने गलत लाई बेवास्ता गर्दै जाने नै हो । त्यसैले माननीय संघिय संसद श्री योगेन्द्र मन्डल (जोगि ) लाई सबैले साथ र खवरदारी संगै जनताको क्षेत्र को बिकास समृद्धि र निकासको निम्ति जनताको सेवक बनाउ बिरोधको नाममा सधै बिरोध मात्र नगरौ।
यति लेखिरहदा वहाँ प्रती मोह र हजुरी गरेको नसम्झिनु होला मात्र मैले भन्न खोजेको सम्भावना हुन्छ सहि ढंगले निरन्तरता र संघर्ष गरेर हरेक मोर्चामा उत्रनु पर्छ, जो कोहि पनि सफलता पाउन सक्छन वहाको सफलतामा बिरोध गर्ने नंग्याउन खोज्ने अपहेलित गर्न खोज्ने गर्यौ भने अहिले सबै मानिसहरु राजनीतिक चेतना भएका छन।
‘त्यसैले अरुलाई गलत देख्नु पुर्व हामी सबैले आफुलाई सहि मार्गमा हिडाउन प्रयत्न गरौ’ त्यो नै सफलताको महत्त्वपूर्ण खुडकिलो हुनेछ। यहि वहाको असल छवि र सहयोगी मन र सबै संग जहाँ जस्तो अवस्थामा भएपनी बोल्ने बानिले वहालाई आज पार्टीले टिकट नदिएपनी स्वतन्त्रनै उठेर बिजय हासिल गरेका छन्।
अहिले राज्यको सर्बोच्च माथिल्लो संघीय संसदमा प्रवेश गर्नुभएको छ्। राजनीति भनेको समाज देश र त्यस समाज देशमा रहेका सम्पुर्ण जनता धन जमिन आदि इत्यादी सबैको अबिभावक बनेर त्यस देशलाई सुशासन सुरक्षात्मक ढंगले सत्ता संचालन गर्नुनै हो। तर यहाँ राजनीतिक लाई बिसुद्द एउटा ब्यापार बनाईएको अवस्था छ ।
सबै दलहरुले सत्ता स्वार्थमा रहेर अनुकुल अनुसारको सहमति तथा असहमति राखिरहने गरेको छ। यस्ता उदाहरणहरु अवका दिनहरुमा अझ बढ्ने संकेत अहिलेको संक्रमणकालिन असक्षम राजनीतिक निर्णयहरुले मीलाउन प्रेरित गरिरहे को छ। जनमत पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी ,नागरिक उन्मुक्ति पार्टी आदि इत्यादि अबका बैकल्पिक शक्तिको रुपमा अन्य ठुला दलहरुलाइ चुनौती दिरहेको अवस्थामा हामी सबैले बुझिरहेका नै छौ।
‘त्यसैले हामी कोहि कसैले दम्भ घमण्ड ईर्ष्याले राजनीति गर्ने हैन’ फ्याक्ट जनता र रास्ट्रको निम्ति असलि नोकर बन्छु र सेवा गर्छु भनेर राजनीतिक सामाजिक कार्यमा होमिनको बिकल्प छैन ।
देश रेमिट्यान्सले चलिरहेको छ, लाखौ नेपालीहरु अरब खाडिमा मरिहत्ते गरेर काम गरिरहेका छन, न स्पस्ट वैदेशिक नीति छ? न नेपाली श्रमिक हरुको सुरक्षाको ब्यवस्थापनै छ? न त नेपाली राजदुतावासले नेपाली श्रमिकहरुको मर्म र दुखनै बुझेका छन? म्यानपावरको छाडातन्त्रले नेपालीहरुले दुख र पीडा भोगेका छन यस्को जिम्मेवार श्रम गरेर पठाएकोझै के यहाँ बिदेशमा नेपाली श्रमिक हरुले पाएका छन छैनन् ? के यो सरकार र निकट संस्थाले ध्यान दिनु पर्दैन? नेपालीहरुको बिडम्बनानै भन्नुपर्छ।
– मनोज राजबंशी
– पुर्ब अध्यक्ष्य : नेकपा माओवादी केन्द्र कानेपोखरी गाउपालिका,मोरंग