लेटाङ्ग- लेटाङ्गकी ७५ बर्षिय नेप्टी दर्जीले नागरिता प्राप्त गरेकि छन । परिवार र घरवार विहिन दर्जी लेटाङ्ग नगरपालिका वडा नम्बर-३ कमलपुरकि हुन।

आफन्त कोही नभएपछि हाल सम्म नागरिता विहिन बसेकी दर्जिले सोमबार नागरिक्ता प्राप्त गरेकी हुन। बोल्न नसक्ने, कान नसुन्ने, शारिरिक रुपमा समेत अशक्त नेप्टीको नागरिकता नहुँदा राज्यवाट प्राप्त हुने सेवा सुविधावाट बन्चित बनेकी थिईन ।

मोरङ जिल्लाका सहकायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले दर्जिलाई नगरकै परिसरमा नागरिक्ता प्रदान गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ। भने शाह लेटाङ नगरपालिकाका पुर्व प्रमुख प्रसासकीय अधिृकृत समेत हुन।

साहले नेपालको संविधान २०७२ ले दिएको नागरिक अधिकारका आधारमा नेप्टी दर्जीलाई नागरिकता दिईएको बताए। नयाँ संविधानको उपलब्धीको रुपमा लिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय