काठमाडौं- नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शनिबार एमालेले प्रदेश सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट बाहिरिएको हो ।एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले पदबाट राजीनामा दिइसकेका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीले सहमतिअनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ।

मुख्यमन्त्री कार्कीले शुक्रबार मात्रै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए। त्यसप्रति एमालेले गम्भीर असहमति जनाएको थियो ।

कार्कीले शुक्रबार सहमति बेगर माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागि गराएलगत्तै एमालेका नेताहरुले सरकारबाट बाहिरिने प्रतिक्रिया दिएका थिए ।

कार्की एमालेका ३९ सांसदको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय