
काठमाडौं- रौतहटको मौलापुर नगरपालीकाका नगरप्रमुख रिना कुमारी साहको पद गएको छ ।
मंगलबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै उक्त नगरपालीकाको नगरप्रमुख पद रिक्त भएको जानकारी दिएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण साहको नगरप्रमुखको पद गएको निर्वाचन आयोगले जनाएको छ ।
अहिले साह आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छोडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।