१३ जेठ २०८० काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणका क्रममा नेपाल भारतको सीमा विवाद समाधानका लागि उपयुक्त ढंगले छलफलमा कुरा उठाउने बताएका छन् । शनिवार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिंदै प्रचण्डले लिम्पियाधुरा, कालापानी र पञ्चेश्वरबारे भारत भ्रमणमा उपयुक्त तरिकाले छलफलमा उठाउने जानकारी गराएका हुन् ।
उनले भने– ‘पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । निकै सकारात्मक ढंगले छलफल चलेको छ ।’ उनले सार्क बैठकबारे छलफल चलिरहेको बताए । ख्वप विश्वविद्यालयको बारेमा पनि आफू सकारात्मक रहेको उल्लेख गरे ।