काठमाडौं- प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले ७ दिनको समय दिएका छन् ।  खापुङले ७ दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका हुन। संविधानको धारा १६८को उपधारा (२ )बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गरेका हुन्।

‘प्रदेश नं। १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं। १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं। १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रमा गठबन्धन भएका कारण प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्दैछ। एमाले र माओवादी दुबैले सरकारको नेतृत्व दाबी गरिरहँदा कसले नेतृत्व गर्ने भन्ने विशय टुङ्गिएको छैन।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय प्रदेश प्रमुखले दिएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय