केराबारी,कार्तिक-२१
मोरङ १ को लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार तथा सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरे मतदाताहरु सङ भेटघाटमा ब्यस्त छन।

मंगलबार केराबारी गाउँ पालिका वडा नम्बर -५ का मतदाताहरु सङ भेटघाट गर्नु भएको हो। भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार घिमिरे समक्ष गुनासो राखेका छन।

चुनावी अभियानकै क्रममा सहभागी एक युवाले मन्त्री घिमिरेलाई भने, तपाईले जितेर गएपछि हाम्रा लागि के गर्नुहुन्छ? प्रतिबद्धता दिनुहोस जिताउने हाम्रो काम हो। हामी अब बाटो घाटो, ड्रेन, पानी र बिजुलीको कुरा गर्दागर्दै थाक्यौ। यहाका अधिकाक्ष युवाहरु बेरोजगारीले थलिएका छन।

कृषि पेसा अंगालेका युवाहरु धेरै जना ऋणमा डुबेर फेरि खाडी भासिने तयारीमा छन। बैंकमा जादा ऋण दिदैन। सबैभन्दा पहिला देश बनाउनुहोस देश टाट पाल्टी सक्यो। देश समृद्ध भए बल्ल जनता समृद्ध बन्ने छन।

भकानिदैन अर्का एक युवाले भने” बाख्रा पाल्यो दुख अनुसारको भाउ पाइदैन” बाङ्गुर पाल्यो बजार ब्यावस्थापन छैन। उत्पादन गरेर मात्र भएन कहाँ लगेर बेच्नु? पहिला देशको स्थिति सुधार्नुहोस।

मतदाताहरु सङको छलफलमा नेकपा माओवादी केन्द्र प्रदेश सभा समानुपातिक तर्फका उम्मेदवार राम कार्किले देश बिकास गर्न स्थिति सुधार्ननै तीन पार्टीको गठबन्धन भएको बताए। राजनीतिक स्थायित्वको लागि गठबन्धनका सबै उम्मेदवारलाई मतदान गरि बिजय गराउनु पर्ने धाराणा राखेका थिए।

यस्तै छलफलकै क्रमममा मन्त्री समेत रहेका उम्मेदवार उपेन्द्र प्रसाद घिमिरेले यस क्षेत्रका जनताका आर्थिक स्थिति सुधार र कृषि, पर्यटनमा आत्म निर्भर बनाउन र युवाहरुलाई उत्पादनमा जोड्न आफुले सकेको कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय