केराबारी- मोरङ १ का बाम लोकतान्त्रिक गठवन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिक बहादुर लिम्बू र प्रदेश सदस्यका उम्मेदवार सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले बिराजे सुन्दर समाज सस्थालाई आर्थिक सहयोग गरेका छन।

मंसिर ४ मा सम्पन्न हुने निर्वाचन लक्षित घरदैलो तथा चुनावी अभियानका क्रममा केराबारी ९ बिराजेमा आयोजित दैउसी भैलो समापन कार्यक्रम लाई सहयोग गरेका हुन। सो समाजलाई नेकपा माओवादी केन्द्र र नेपाल तरुण दलले समेत आर्थिक सहयोग गरेको छ।

यस्तै घर दैलो तथा चुनाबी अभियानको कोण सभालाई मन्त्री उपेन्द्र प्रसाद घिमिरे र डिक बहादुर लिम्बुले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री समेत रहेका घिमिरेले भने” केराबारीको बिकासका लागी सक्दो कोसिस गर्ने छु।”

बिराजेका मतदाताले लिखित रुपमा राखेका मागलाइ सम्बोधन गर्दै भने” केराबारी र लेटाङ जोड्न सडक संजाल बिस्तारमा जति योगदान छ”। उतिनै बाकी अन्य काम सम्पन्न गर्नुपर्ने छ। यहाँहरुले राख्नु भएको माग प्रती म उत्तरदायी बन्ने छु।

स्थानीय बिध्यालय संचालनका लागि आर्थिक अपेक्षा राखेर माग अघि सार्नु भएको छ। श्रोत जुटाउने पक्षमा यथासिग्र मेरो कोसिस रहने छ। “उनले भने”

यसैगरी बिराजे सुन्दर समाजको दैसी भैलोले चुनाबी अभियानलाई थप रोचक बनाउन मगर समुदायहरुको सास्कृतिक नाच हुरा प्रदर्सन गरेका थिए। देउसी भैलो द्वारा आयोजित समापन कार्यक्रममा उम्मेदवारहरु समेत सहभागी रहेका थिए।

सो समारोहका प्रमुख अतिथी डिक बहादुर लिम्बू र विशिष्ट अतिथी सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरे रहेका थिए। भने अतिथिहरु क्रमशः नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार राम कार्की”बिमल” निर्वाचन परिचालन समिती संयोजक शान्ती पाख्रीन, केराबारी गाउपालिका पुर्व अध्यक्ष रोहित रार्की रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय