काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्र सम्बद्ध वैचारिक सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज सम्पन्न केन्द्रीय समितिको बैठकले सङ्गठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन्। निर्वाचन परिचालन समितिमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य रहेका छन् ।

सङ्गठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए।

बैठकले निर्वाचन अघि आमजनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपिल प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा निर्वाचन परिचालन समिति बनाउनेलगायत निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी सङ्गठनका इञ्चार्ज दिनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए। आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य प्रकृतिको निर्वाचन नभई अग्रगमन र प्रतिगमनबीचको संघर्ष भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय