काठमाण्डौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापा लगायतले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालय र स्वयम राष्ट्रपति भण्डारीलाई विपक्षी बनाई बिहिवार रिट दायर गरेका हुन् ।

​रिट निवेदनमा निवेदकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणिकरण नगरी नेपालको संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६ (१), १८ (१), ६६ (१), १११ र ११३ (४) को गम्भीर उल्लंघन भएको दावी गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगर्ने कुनै निर्णयहरु राष्ट्रपतिबाट भएको भए सो सँग सम्बन्धित सम्पूर्ण निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरी विधेयक प्रमाणीकरण गर्न परमादेशको माग गरिएको छ । यो रिटको पेशी शुक्रबारको लागि तोकिएको छ ।

यस्तो छ सर्वाेच्चमा जारी भएको रिट निवेदनको पूर्णपाठः

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय