काठमाडौं : धरानका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तर आफुले तिरेको जरिबाना रकम भ्रष्टाचार नहुने पर्ने बताएका छन् ।निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन्।

साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।

‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन पनी आउछ हाम्लाई!’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय