काठमाडौं, ३१ भदाै- नेकपा एमाले संसदीय दलको अन्तिम बैठक आज सम्पन्न भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित सबै सांसदहरुलाई बोलाएर अन्तिम सम्बोधन गरेका हुन् । भोलि नै प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ ।

आजको अन्तिम सम्बोधनमा ओलीले आउँदो निर्वाचनमा गठबन्धन भर्सेज एमाले भिड्ने भएकाले आजैबाट तयारीमा लाग्न निर्देशन दिए । उनीहरुले बैठकको अन्त्यमा सामूहिक फोटोसमेत खिचेका छन् ।

उनले आउँदो निर्वाचनमा जित निकाल्नका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिँदै यो कार्यकालमा सांसदहरुले खेलेको भूमिकाको पनि धन्यवाद प्रदान गरे ।

बैठकमा उनले भने, ‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय