काठमाडौं- अन्ततः राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप लामिछाने आउट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई हिजो निलम्बन गरेको छ। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछनेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समेत सन्दीपको घटनाबारे चासो देखाएको छ। आईसीसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीबारे चासो लिएको मल्लले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय