नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले जनतले दरिलो एजेण्डा भएको पार्टीलाई मत दिने बताएकी छन् । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा  मन्तव्य राख्दै नेतृ झाँक्रीले एमालेका पानीजहाज, रेलजस्ता हचुवा दारी गफमा जनता नअल्मलिने बताएकी हुन् ।

जनताको पक्षमा ढल्केर काम गर्ने सक्ने पार्टी जनताले खोजेको उल्लेख गर्दै स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने स्पष्ट पारिन् । त्यस्तै, सचिव झाँक्रीले मुलकको हितका लागि र प्रतिगमनलाई परारस्त गर्न गठबन्धको आवश्यक रहेको औल्याइन् ।

गठबन्धन आगामी निर्वाचनमा पनि कायम रहने उल्लेख गर्दै उनले विकास समृद्धि लागि विश्वसका थुपै मुलुकले पनि गठबन्धन प्रक्रिया अँगालेको बताएकी छन् ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय