खबरमुकाम । प्रदेश र संघीय निर्वाचनका लागि चुनाव अगावै समाजवादी केन्द्र बनाउन माओवादी, एकीकृत समाजवादी, नेकपा राष्ट्रय एकता अभियान र नयाँ पार्टीको तयारीमा रहेका बाबराम भट्टराई सहमत भएका छन् ।

चार पार्टीका शीर्ष नेता सम्मिलित चुना संयोजन समिति बनाउने र एउटै चिन्हमा चुनाव लड्ने उनीहरुको तयारी छ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने पक्का–पक्की छ ।

जनता समाजवादी पार्टी र जनमोर्चाले यसबारे खबर नै नपाएको बताउँदै आएतापनि उनीहरुलाई समेत समेटेर लैजानी तयारी भइरहेको बुझिएको छ । स्रोतका अनुसार उनीहरु माओवादीकै चुनाव चिन्ह (गोलाकार भित्र हँसिया हथौडा) लिएर आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिने कसरतमा लागेका छन् ।

यद्यपी, यसका लागि नेताहरु कानुनी परामर्शमा छन् । संयोजन समितिमा शीर्ष नेता रहनेछन् । तर यस विषयमा भने नेताहरु प्रवेश नै नगरेको पाइएको छ । समाजवादी केन्द्रको नाममा कम्युनिस्ट शब्द रहने कि नरहने विवाद चलेको छ । डा. बाबुराम भट्टराई कम्युनिस्ट शब्द राख्ने प्रस्तावको विपक्षमा छन् । कम्युनिस्ट शब्द प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल छाड्न तयार छैनन् ।

पहिलो प्राथमिकतामा समाजवादी केन्द्र गठन गर्ने र दोस्रो पक्षमा कांग्रेसँग सिटको भागबण्डा गर्ने नेताहरुको योजना रहेको स्रोतले जनाएको छ ।  माओवादी केन्द्रका शीर्ष नेता वर्षमान पुनले समाजवादी मोर्चा बनाउने विषयमा तीव्र रुपमा छलफल अगाडी बढाउँदै लगिएको र चाँडै नै यसलाई व्यवहारिक रुप दिइने बताए ।

समाजवादी गठन गरी एउटै चुनाव चिन्ह लिएर जाने कसरतका लागि शीर्ष नेताहरु लगातार संवादमा छन् । समाजवादीको गठन गरिनुपर्ने भन्दै कम्युनिष्ट पार्टीका नेताहरुसँगको छलफल र सहकार्यको दौडधुपमा निस्किएका एकता अभियानका संयोजक वामदेव गौतमले पछिल्लोपटक सोमबार साँझ सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्डसँग आधा घण्टा छलफल चलाएका थिए । उनीहरुबीच अब चाँडै नै यसलाई व्यवहारिक रुप दिइनुपर्ने विषयमा सहमत भएको स्रोतको ठम्याई छ ।

समाजवादी केन्द्र निर्माणको प्रक्रियालाई पूर्णता दिन ढिलाइ नगरौँ भन्दै गौतमले एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी चलेको बताएका थिए । उनले मुलुक अब वामपन्थी समाजवादी र प्रजातान्त्रिक समाजवादीमा ध्रुवीकरण हुने दाबी गरेका थिए । उता, माओवादी अध्यक्ष प्रचण्डले पनि शीर्ष नेताबीच छिट्टै छलफल राखेर समाजवादी केन्द्रबारे निष्कर्षमा पुग्ने बताए ।

यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले छिट्टै बैठक बसेर छलफल हुने बताए । कार्यगत एकता भए पनि तत्काल पार्टी एकता सम्भव नभएको बताउँदै उनले भन,‘समाजवादी केन्द्र जरुरी छ, तर खासै प्रगति भइसकेको छैन । हामी छिट्टै बैठक बसेर थप कुराकानी गर्छौँ ।,’

संयोजन समिति बनाएर अगाडि बढ्ने तयारी भए पनि प्रगति भइनसकेको बताएका माओवादी नेता हरिबोल गजुरेलले यस विषयमा छिट्टै छलपल हुने र निष्कर्ष पुग्ने बताए ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय