पोखरा, ७ असार- सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरmलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत थप दुई गोल गर्दै जितलाई सहज बनाएको हो । सुरुवात देखि नै एभिनियर एपिएफ माथी हावी भएको थियो । विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे भने ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।

१० खेलाडीमा सीमित भएको एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा सान्त्वना गोल फर्काए । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । एभिनियरले अब चर्च ब्वाइजसँगको भेट पक्का गरे । प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय