काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् ।

मंगलबार बिहान एकराजकै घरमा गएर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेर प्रहरी हिरासतमा रहेकी मन्त्री वलीले आफ्नो प्रेमबारे बोलेकी हुन् ।

मन्त्री वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । वलीसँग प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरेका छन् ।

मन्त्री वलीले एकराजसँग विशेष काम परेकाले घरैमा भेट्न पुगेकी बताएकी छन् । एकराजकी पत्नी मिनाले वलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

80% LikesVS
20% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय