एउटा यस्तो गाउँ, जहाँ २१ जना शेरबहादुर देउवा बस्छन्  काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुराको गन्यापुरा गाउँपालिकामा १४ जना शेरबहादुर देउवा नाम गरेका मतदाता भेटिएका छन्। ।

प्रधानमन्त्रीको मतदाता नामावली दर्ता नम्बर ३५५२४६१ छ। उनको नाम १३७२औं नम्बरमा छ। देउवाले मतदान गर्ने गृहपालिका गन्यापधुराको वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रको नामावलीमा मात्रै १४ जना शेरबहादुर देउवाको नाम छ। वडा नम्बर १ मा रहेका दुई मतदान केन्द्रमध्ये असिग्राम माविमा १४ जना शेरबहादुर देउवा मतदाता भेटिएका छन्।

गन्यापधुराको वडा नम्बर २ को गणेश मावि वडाल मतदान केन्द्रमा पनि दुई जना शेरबहादुर देउवा नाम गरेका मतदाता नामावलीमा भेटिएको छ। निर्वाचन आयोगको सूचीअनुसार वडा नम्बर २ कै अर्को भुवनेश्वरी माध्यामिक विद्यालय पश्याचम्साल मतदान केन्द्रमा शेरबहादुर देउवा नाम गरेका १ जना मतदाता छन्।

त्यस्तै वडा नम्बर ३ को आदित्य माध्यामिक विद्यालय नवलपुरमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेका छन्। वडा नम्बर ३ कै अर्को जनता माध्यामिक विद्यालय सकालमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेको आयोगले अन्तिम नामावलीले देखाएको छ।

पाँच वडा रहेको गन्यापधुरा गाउँपालिकाका तीन वडामा शेरबहादुर देउवा नाम गरेका कूल २१ मतदाता रहेको आयोगको अन्तिम नामावलीले देखाएको छ।  प्रधानमन्त्रीसँग नाम मिलेका मतदाताहरुको उमेर समूह २१ देखि ७७ वर्ष रहेको छ। प्रधानमन्त्री देउवाको उमेर ७६ वर्ष रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय