काठमाडाैं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो ।

बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बन्दसत्रमा पेस गरेका २३७ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन् ।

आजको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । बैठक पार्टी विधानअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!