काठमाडौं- देखि नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। सम्भवतः नयाँ नेतृत्व चयन गर्दै आज साँझसम्ममा महाधिवेशन सकिने छ।

विगत ८ दिनदेखि जारी महाधिवेशनमा पूर्व अनुमानित बजेट भन्दा कम खर्च भएको माओवादी स्रोतले जनाएको छ। महाधिवेशन लम्बिँदा पनि खर्च सोचेजति नभएको हो।

माओवादी केन्द्रले महाधिवेशनका लागि एक करोड खर्च अनुमान गरेको थियो।

शनिबारसम्म महाधिवेशनमा झण्डै ६५ लाख रुपैयाँ मात्रै खर्च भएको आयोजक स्रोतले जनाएको छ। महाधिवेशन एक करोडभन्दा कम खर्चमै सकिने अनुमान नेताहरुले गरेका छन्।

महाधिवेशनमा १७ सय ४२ प्रतिनिधि सहभागी भएका छन्। सबै प्रतिनिधिले खाने, बस्ने व्यवस्था आफैँले गरेकाले केन्द्रको खर्च कम भएको हो।

प्रतिनिधिका लागि पार्टी केन्द्रले दिउँसो एकपटक खाजाको मात्रै व्यवस्था गरेको छ। बिहान बेलुकाको खाने र बस्ने व्यवस्था सम्बन्धित जिल्ला र प्रदेश कमिटीहरुले नै गरेका छन्।

महाधिवेशन अनावश्यक तडकभडक भन्दापनि बैचारिक बहसमा केन्द्रीत भएकोले खर्च कम भएको माओवादी नेताहरुले दाबी गरेका छन्।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!