काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीमाथि निरन्तर हमला भइरहेकाले त्यसको डटेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । मंगलबार प्रेस सेन्टर, नेपाल प्रतिष्ठान प्रदेश समितिको तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले गलत ढंगले भइरहेकाे हमलाकाे सामूहिकरूपमा प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

‘एमालेले प्रचण्ड र माओवादीमाथि निरन्तर हमला गरिरहेको छ । लिडरमाथि आक्रमण गर्ने, पार्टीमाथि आक्रमण भइरहने अनि हामी चुपचाप लागेर बसियो भने त्यसको रक्षा हुँदैन । त्यसको प्रतिवाद गर्नुपर्छ । चितवनको हकमा मात्रै होइन, देशैभर प्रतिवाद गर्नुपर्छ । प्रचण्डले चितवनबाटै चुनाव जित्नुपर्छ । त्यहाँको जनताले जिताउनुपर्छ,’ पौडेलले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेलले विचार मिल्नेहरूसँग पार्टी एकता गर्नुपर्ने पनि बताए । उनले भने, ‘विचार, उद्देश्य र लक्ष्य मिल्लनेहरूसँगको वैचारिक एकता दीर्घजीवी हुँदो रहेछ । विनाविचारको, तत्कालीन आवश्यकताको निम्ति एकता गरेर हेर्‍यौं । त्यो अगाडि बढ्न सकेन । आधारभूत कार्यक्रम, विचार, उदेश्य र भावना मिल्नेहरूले नयाँ ध्रुवीकरण गरेर फेरि एकपटक हाम्रो आन्दोलनलाई देशको शक्तिशाली आन्दोलनको रूपमा अघि बढाउनु पर्छ भन्ने संकल्प गरेका छौं ।’

२०६४ सालको जस्तो देशकै ठूलो पार्टीको रूपमा माओवादी केन्द्रलाई पुर्‍याउनुपर्ने धारणा पनि उनले राखे । उनले भने, ‘६४/६५ को स्तरमा पार्टीलाई पुर्‍याउनुपर्छ भन्ने हामीले संकल्प गरेका छौं । प्रचण्डलाई पनि हामीले त्यही भनेका छौं ।’

नेता पौडेलले एमसीसीलाई पार्टीले धकेल्दै लगेको पनि बताए । ‘एमसीसीलाई धकेल्दै लगेका छौं । स्कीप गर्दै लगेका छौं,’ उनले भने ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!