विनोद मण्डल मंसिर ३ प्रदेश नं २ । कार्तिक शुक्ल पूर्णिमाका दिन गरिने स्नानले धार्मिक मान्यता बोकेको छ ।

खासगरी प्रदेश २ लगायत आसपासका जिल्ला र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट सिराहा र धनुषाको सीमावर्ती क्षेत्रमा पर्ने पवित्र कमला नदीमा आएर मानिसहरू कार्तिक स्नान गर्ने चलन केही वर्षदेखि बढिरहेको छ ।

खासगरी मधेश मूलका मानिसहरूका आस्थाको रूपमा मानिने यस स्नानको अवसरमा लाग्ने घुइँचोलाई भूत मेला रूपमा समेत चिनिन्छ ।

खास गरेर दशैंको घटस्थापना देखि मधेशमा कुल देउता आउने ,धामी सिक्ने ,बोक्सि सिक्ने लगायतका अन्धविश्वासका कारण आफूले सिकेको जादू , टुना लगायतका कुराहरू दशैंको अवधिसम्म सिक्ने अनि सिद्धि प्राप्तिको लागि कमला स्नान आवस्यक भएकोले मानिसहरू कार्तिक स्नान गर्ने गरेको पाइन्छ ।

कार्तिक स्नान गर्न पुर्व मानिसहरू धामी गाएर पहेंलो वस्त्रको धारण गरेर हातमा बेतको लाठी लिएर धामी ,देउता खेल्ने चलन रहिआएको छ । धामी खेल्दा पहेंलो वस्त्रको धारण भगत गाउने देखि सबैले लगाएर सुरिलो भाकामा गीत गाएर हातमा दियालो सहितको ढकनामा आगोको लपकका लिएर कुल देउता ,गाउँको डीहिवारको पूजा गरेर गाउँ गाउँबाट अघिल्लो दिन मानिसहरू हिंडेर वा साधनको प्रयोगबाट कमला नदीको स्नानको लागि प्रस्थान गर्ने चलन छ ।
राती नदीको छेउमा बास बसेर उदाउँदो सूर्यलाई साक्षी राखेर कमला स्नान गरी सबै जना नदीमा चिउरा दहीको भोज खाने चलन छ । खाना खाएर घर फर्की बेलुका अा आफ्नो कुल देउताको पूजा गरी यसको समापन गरिन्छ । यस अवसरमा अन्य मानिसहरू पनि कमला स्नान गर्ने चलन रहेको छ । कार्तिक स्नानको अवसरमा सरकारले स्थानिय बिदा दिने चलन रहेको पाइन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!