युएई । नेपाल पत्रकार महासंघ शाखा युएई र नेपाली समाज युएईकोआयोजनामा मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ ।

युएईको दुबई स्थित साफा पार्कको खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा पत्रकार महासंघ युएइ शाखाका पदाधिकारीहरु र नेपाली समाज युएईका पदाधिकारी बिच मैत्रीपुर्ण खेल हुने महासंघ युएईका अध्यक्ष लक्ष्मण खनालले जानकारी दिए ।

कोरोना भाइरसको महामारीका कारण लामो समय देखि सामाजिक कार्यमा सक्रिय हुन नसकेका नेपाली संघसस्था बिच हातेमालो गर्दै अगाडि बढ्ने उदेश्यका साथ खेलको आयोजना गरिएको अध्यक्ष खनालको भनाइ छ ।

आगामी शुक्रबार हुने मैत्रीपुर्ण खेलमा युएईमा रहेका नेपालीहरुलाइ उपस्थितिका लागि महासंघले अनुरोध समेत गरेको छ ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!