काठमाण्डौ-  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले बनिबनाउ घरको नाममा केही साथिहरु दास बन्ने कोशिस गरेको बताइन् ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रिले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएप्नि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप छ ।

एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद विघटन गर्ने प्रथाको आफुहरुले विरोध गरेको उनको भनाई छ । यसो गर्दा ओलीको नजरमा आफुहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन ।

अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्न सक्ने उनको दाबी छ ।
आफुहरुले लगातार निर्वाचन जितेपनि उपलब्धि धेरै नभएकोले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन ।

फरक प्रसङ्गमा नेतृ झाँक्रिले आफुहरुले पार्टी निर्माणको तीन महिने अभियान चलाउने बताएकी छिन् । तीन महिनासम्म देशभरबाट कम्तिमा सात लाख संगठित सदस्य बनाउने उनले दाबी गरिन् ।

प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तिमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले विलाएर जाने उनले बताइन् ।

प्रत्येक संगठित सदस्यले एक दिन पार्टीको लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्नेगरी योजना पार्टीले बनाएको उनको भनाई छ ।
पार्टीको हरेक कमिटीमा कम्तिमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० बर्षमुनिका युवालाई समावेश गर्ने नेतृ झाँक्रिले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय