सिरहा। पार्टीको कारबाहीमा परेर सांसद पद गुमाएकी पूर्व मन्त्री सरिता गिरीले सामाजिक संस्था सुरु गरेकी छन् ।
स्थानीय तहमा वातावरणको संरक्षण गर्दै मधेश विकास फोरम नाम संस्थामार्फत उनले सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षामा काम गर्ने बताएकी छिन।
सो संस्थाको संयोजकमा सरिता गिरी छन् भने उपसंयोजकमा लहान नगरपालिकाका स्थानीय रामप्रसाद महतो रहेका छन्। पहिलो चरणमा फोरमको विस्तार लहान नगरपालिकाको २४ वटा वडा र सिराहा जिल्लामा गरिने गिरीले बताएकी छिन।