धादिङ्ग असोज ३१- नेपाल कम्युनिस्ट पार्टी समाजवादीको धादिङ्ग जिल्ला इन्चार्जमा गुरु बुर्लाकोटी चयन भएका छन् । जिल्लाका नेताहरु मध्ये इमान्दार, पुराना र लोकप्रीय मानिने बुर्लाकोटी संविधान सभा सदस्य समेत हुन् ।

२०७० सालको निर्वाचनमा तत्काििलन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी पछिल्लो समय नेकपा निर्माणमा सक्रिय थिए ।

नेकपा एमाले विभाजित भएपछि जिल्ला इन्चार्जको भूमिकामा आएका बुर्लाकोटीको परिवारमा समेत पार्टी विभाजनको असर देखिएको छ ।

बुर्लाकोटीकी छोरी क्रान्ति बुर्लाकोटी भने केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले तिर लागेकी छिन् ।

उनी पार्टी अन्तरसंघर्षको क्रममा तत्कालिन माधव नेपाल नेतृत्वको समुहमा सक्रिय थिइन् ।

उनलाई माधव नेपाल निकट युवा संगठनमा समेत नेतृत्वकर्ताको रुपमा राखिएको थियो । तर, श्रीमान डा. सन्तोष पौडेल ओली नेतृत्वको नेकपा एमालेमा लागेसँगै उनी पनि श्रीमान समलग्न भएकै पार्टीमा लागेकी हुन् ।

यसअघि नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष रहेकी क्रान्तिलाई हाल वागमती प्रदेश तिर थन्क्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय