
लहान।असोज ३१गते। सिरहाको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जनताको सुचना हक अधिकारबाट बञ्चित गराइएको उपाध्यक्ष सिता कुमारी यादवकी कथन रहेको छ।
औरही गाउँपालिकमा कुनै नमुना कामकाज नभएको उपाध्यक्षकी कथन छ। केही साता पहिला अनौपचारिक भेटघाटको क्रममा यस्तो अभिव्यक्ति उपाध्यक्षले जनाइएकी थिइन । उपाध्यक्ष यादव संघिय समाजवादी पार्टी नेपाल हाल जसपाबाट निर्वाचित छिन। २६०३ मत ल्याई प्रत्यासीलाई २०३ मतबाट पछाडि पारी विजयी पाईएकी छिन। औरही गाउँपालिका जनताको हकअधिकार मिचिएको प्रति उपाध्यक्ष आक्रोश व्यक्त गरेकी छिन।
त्यसमापनि गाउँपालिका वडा न.२ तुलसीपुरका जनता पुर्णरुपमा सुचना देखि वञ्चित रहेको उपाध्यक्षले दावी गरेकी छिन। यी र यस्ता समस्या झेलिरहेका जनताको हक अधिकार मिचिएको प्रति गत श्रावण ३२ गते प्रेस विज्ञप्ति गरि गाउँसभा बहिष्कार गरेकी थिईन। उपाध्यक्षले निम्न बुदाहरु मिचिएको प्रति गाउँसभा बहिष्कार गरेकी थिइन ।
– लैङ्गक विभेद गरि गाउँसभा गरिएको हुनाले विरोध – अपांग कार्ड वितरणमा समस्या खडा गरिएकोले विरोध – भ्रष्टाचार लुकाउन अनुगमन समितिको संयोजकबाट हटाइएको प्रति विरोध । – न्यायिक समिति संयोजक भएपनि न्याय पालिका संचालनमा अध्यक्ष विरोध गरिएकोले विरोध । – डिपिआर र परामर्शको नाउँमा लाखौं भ्रष्टाचार प्रति विरोध । – चिठी पत्र समयमा जानकारी नगराइएको र सुचनाको हक नदिइएको ले विरोध । – करारमा शिक्षक नियुक्ति तथा अन्य नियुक्तिमा धान्धली प्रति विरोध ।
यी र यस्तो थप बुदाहरु प्रति गाउँपालिका उपाध्यक्ष सीता कुमार यादवले विरोध गरेकी थिइन । पालिकामा जम्मा ५ वडाहरु पर्दछन। १. दर्हीया , २ तुलसीपुर , ३ कर्हर्वा , ४ इँटाटार कमलपुर , ५ औरही गाउँहरु पालिका भित्र पर्दछ।