
काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।
उनले भनेका छन्, ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको बताएका छन् ।
उनले भने, ‘कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।’