काठमाण्डौ- वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टक्ष्मी शाक्यले विश्वासको मत लिनको लागि प्रदेश संसद्मा प्रश्ताव पेश गर्नुभएको छ । यही २४ गते बस्ने वाग्मती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान आज पत्र पेश गर्नुभएको छ ।

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८(२) बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसद्मा पेश पर्नुभएको बताउनुभयो ।

उहाँले नेतृत्व गर्नुभएको दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) विभाजन भएर उक्त दलका १२ सांसदले नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) रोजेपछि उहाँले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यही २४ गते ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्र बुझेपछी जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय