पाँचथर– उपचार भईरहेकी वालीकाको मृत्यु भएकाे घटनालाई लिएर पाँचथर जिल्ला अस्पतालमा तनाव भएको छ । चिकित्सको लापरबाहीले मृत्यु भएको आरोप मृतक बालीकाका आफन्तले लगाएका छन् ।
अस्पताल परिसरमा मृतकका आफन्तहरु ठुलो संख्यामा उपस्थीत भएका छन् । उनीहरुले अस्पताल परिसरमा विरोध जनाई रहेका छन् ।

फालेलुङ गाँउपालीका–८ घर भई हाल फिदिम–२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् काे मृत्यु भएको थियो । स्वास्थ्यकर्मीले लापरबाही गरेको आफन्तको आरोप छ । अस्पतालमा उपस्थीत आफन्तहरु आक्रोसित देखिन्छन् ।

स्वास्थ्यमा सुधार आईसकेर डिस्चार्ज गर्न लागिएकी बालिकाको इन्जेक्सन लगाउने वित्तिकै मृत्यु भएको आफन्तको भनाई छ ।
समस्या समाधानका लागि अस्पताल र आफन्त विच वार्ता जारी छ । केहि घण्टा अगाडीदेखि भएको वार्ता अहिलेसम्म निस्कर्षमा पुग्न सकेको छैन् ।
अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!