
काठमाण्डौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा तनावग्रस्त अवस्था सिर्जना भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा एमालेका दुई पक्षबीच कुरा नमिलेपछि लफडा भएको हो ।
तेस्रो धारले दुई पटक प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्नुपर्ने आवाज उठाएपछि बैठमा लफडा भएको हो । तेस्रो धारका केही केन्द्रीय सदस्यहरुले पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारवाही गर्न मिल्ने की नमिल्ने भन्ने प्रश्न गरेका हुन् ।
बैठकमा ओली समूहका नेताहरुले आफ्नै पार्टीको सरकार गिराउने, पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा हटाउने खेलमा लागेका नेतालाई कारवाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारवाही गर्नुपर्ने आवाज उठाएका हुन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो । १० वटै समूहमा छलफल पश्चात टोली नेताले समूहमा आएका सुझाव एवं प्रश्नहरु राखिसकेका छन् ।
तर बैठकको बीचमै ओली समूहका नेताले आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकार गिराउँने नेतालाई कारवाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका नेताले प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाहीको बिषयमा बनाउन माग गरेको बैठकमा सहभागि स्रोतले जनाएको छ ।
‘पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा दुई–दुई पटक विघटन गर्नेलाई कारवाही गर्न मिल्छ की मिल्दैन् रु असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले दुई पटक नै पुनस्र्थापना गर्यो ।
के संविधान र लोकतन्त्रको भावना विपरित प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाही गर्नु पर्दैन् असंवैधानिक कार्य गर्ने हाम्रा अध्यक्ष ज्यू कति पटक उठबस गर्नुपर्छ । बैठकमा तेस्रो धारका एक नेताले प्रश्न गरे । तर पछि सो बिषयमा पनि छलफल गर्ने कुरा भएपछि बैठक अघि बढेको बताइएको छ ।