
विनोद मण्डल ,असोज ८ । नेपाल भारत सीमा बोर्डरमा आवत जावतमा सहजता भएपछि कोरोना संक्रमण बढ्ने सम्भावना बढेको हो ।
लामो समयसम्म बोर्डर बन्द हुँदा र कोरोना कहरको कारण सरकारले अपनाएको साधनको सही सदुपयोग नहुँदा प्रदेश न @ मा कोरोना संक्रमण बढ्ने प्रवल सम्भावना रहेको छ ।
भारत सीमा नाका खुलेसँगै प्रदेश २को वीरगन्ज ,जलेश्वर , माडर लगायतका नाकाबाट प्रतेक दिन हजारौं मानिसको आगवन बढेपछि कोरोना बढ्न सक्ने आँकलन गरिएको छ ।
कोरोना संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी शहर जनकपुर स्थित सीमावर्ती क्षेत्र जटहि नाकाबाट भारतीय मूलका मानिसहरू दर्सनालु र तीर्थालुको रूपमा जानकी मन्दिर परिसरमा आउने भएकोले जोखिममा पर्नसक्ने आँकलन गरिएको छ ।
प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले भारतबाट बिना चेक जाच भारतीय भूमिबाट नेपाल आवागनले कोरोना महामारी बढ्ने बताउनु भएको छ । हुनत सरकारले दशैं तिहार लाई मध्यनजर राख्दै सीमा नाका खोल्न अशल मानिएता पनि सीमा नाकामा निरन्तर चेक जाच गर्ने वातावरण मिलाउनु आजको आवश्यकता महसुस गरिएको छ ।