संखुवासभा- सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा आइतबार राती भएको हत्याकाण्डपछि गरिएको अनुसन्धानमा घटनास्थलमा सुन , नगद र मोबाइल भेटिएको छ । परिवारका छ जनाको हत्यामा संलग्न अपराधी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइ अनुसन्धान निरन्तर भैरहेको प्रहरीले जनाएको  छ । अनुसन्धानका क्रममा घटनास्थलबाट बेलुकी पख कुकुरले सर्च गर्ने क्रममा एक थान फोन  फेला परेको प्रहरीको भनाई छ ।

एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम र मोबाइल फेला  परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले  जानकारी दिएको छ  । अहिले उक्त नरसंहारमा संलग्न दोषीको खोजी कार्य जारी रहेको र अपराधी पत्ता लगाएर छिट्टै कारबाहीको दायरामा ल्याउने  प्रहरीको दावी छ  । घटनाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रहरीले  घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी  परिचालन गरेको छ  ।

मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता कार्कीे त्यस्तै छोरा ५२ वर्षिय तेज बहादुर कार्की, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की बारीमा सोमबार एकै दिन मृत अवस्थामा फेला परेका थिए । शवलाई मंगलबार नै पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको  छ ।

मंङ्गलबार विहान घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरिक्षक (डिएपी) रुकमबहादुर कुँवरको कमान्डम रहेको टोली घटनास्थल पुगेर अनुसन्धान गर्कोने क्रममा  उक्त सामानहरु फेला परेको  हो  ।

मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीको टोली त्यस्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्नेक्रम जारी छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय